२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून

इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून
अ अ+ अ-

एजेन्सी । इजरायलमा सक्रिय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या माहमारी सुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्यामा तीव्र गिरावटलाई देखाएको छ । पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा कोभिडका सक्रिय सङ्क्रमित विरामीको सङ्ख्यामा ११४ ले कमी आई कूल सङ्क्रमितको सङ्ख्या तीन हजार ८९० कायम भएको छ । गत वर्षको जुन १६ पछि पहिलोपटक सङ्क्रमितको सङ्ख्या न्यून देखिएको हो ।

इजराइलमा यसै बर्षको फेब्रुअरी ५ सम्म सङ्क्रमण दर उच्च रहेको थियो । उक्त समयसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ हजार ७८४ रहेको थियो ।

इजरायलमा गम्भीर अवस्थाका कोभिड–१९ सङ्क्रमित बिरामीहरूको सङ्ख्या २६८ बाट घटेर २६३ मा पुगेको छ । यो सङ्ख्या सन् २०२० को जुलाई २१ पछि सबैभन्दा कम हो । इजरायलमा गम्भीर बिरामीको सङ्ख्यामा जनवरीको मध्यतिर उच्च विन्दुमा पुगेको भएपनि त्यसपछि यो सङ्ख्यामा निरन्तर ओरालो लागेको छ । 

इजरायलमा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या अहिलेसम्म आठ लाख ३५ हजार ८७१ पुगेकोे छ भने छ हजार २९४ सङ्क्रमितको मृत्यु भएको छ ।