• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण



चितवन ।  फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो ।

निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उहाँको भनाइ छ ।

छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उहाँको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्पविकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उहाँले बताउनुभयो ।

सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिनुभयो । व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उहाँको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका–२३ मा २० बिघामा फूलखेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूलखेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमासमेत अहिले फूलखेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूलखेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उहाँले बताउनुभयो ।

फूलखेती गर्ने किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूलखेतीबाट सुरु गरेका छौँ ।”

जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूलखेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष नौ कठ्ठामा खेती गरेका थियौंँ । अहिले यसलाई बढाएर ३० कठ्ठा पुर्‍याएका छौँ ।”

संस्थाका शेयर सदस्य पदमप्रसाद चालिसे युवालाई स्वरोजगार बन्ने ठाउँका लागि कृषि कर्ममा लागिएको बताउनुहुन्छ । विदेशमा भएका युवाको सक्रियतामा यहाँ रहेका युवालाई एकजुट बनाउने काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै बसेर स्वरोजगार बन्नका लागि कृषि पेसा उत्तम छ । अझै फूलखेती नगदे बाली भएकाले यसको प्रवद्र्धन गर्न जरुरी छ ।” रासस