२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपभोक्तालाई ठगि गर्नेमाथी कारवाही गरेर महानगरले ९ लाख ६० हजार उठायो

उपभोक्तालाई ठगि गर्नेमाथी कारवाही गरेर महानगरले ९ लाख ६० हजार उठायो
अ अ+ अ-

काठमाडौँ । ‘बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना गर्नुपर्छ । तर यसरी गरिने जरिवाना उद्योग ठूलो छ कि सानो छ का आधारमा होइन । कसुरका आधारमा तोक्नु पर्छ । बजार अनुगमनमा जाँदा यस विषयमा ध्यान दिनुहोला ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले, अनुगमन टोलीलाई निर्देशन दिनुभएको छ ।

सोमबार उहाँकै कार्यकक्षमा बसेको समितिको बैठकमा उहाँले, स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि उपभोक्ता र व्यापार दुवैको लाभ हुने गरी बजार व्यवस्थापनको काम गर्नु पर्ने बताउनुभएको हो ।

बैठकमा सम्पन्न कामका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले, ४ महिनामा ७ बटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट ९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको बताउनु भएपछि उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

डा. झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) लाई शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो । यसैगरी कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) लाई पेय पदार्थमा ढुसी भेटिएपछि १ लाख ५० हजार जरिवाना गरियो । टिपटप समोसा पसललाई विग्रिएको दुधवरी विक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य बस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । भीम स्टोरलाई म्याद सकिएका मदिरा (वियर) नाइट क्लवमा आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र वुढानिलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको छ । यसमा १६५ वटा स्थानको अनुगमन भयो । बैठकमा अनुगमन प्रगतिका विषयमा जानकारी गराउँदै अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साउनमा मिठाइ पसलको, भदौमा पानी र जारको, असोजमा दशैँ लक्षित खाद्य तथा पेय पदार्थको र कार्तिकको वितेका दिनमा खसी बजार, खाद्य पदार्थको अनुगमन भएको छ ।

बजार अनुगमन गर्दा खाद्य पदार्थ (चालम, दाल, मसला, फलफुल, मिठाइ) को मात्र अनुगमन गरेर हुँदैन । बैठकमा समितिका सदस्य एवं वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘विजुलीको शुल्क तिर्दा १० प्रतिशत सेवा शुल्क लिने गरिएको छ । यो के हो? आयल निगमको स्वचालित मूल्य भनेको छ, अन्तरराष्ट्रिय बजारमा भाउ बढ्ने वित्तिकै यहाँको भाउ पनि बढाउने तर घटेको बेला उत्तिकै दरमा भाउ घटेको कि छैन त्यो पनि हेर्नुपर्छ ।’

बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत दिपेन्द्र रेग्मीले, साउन यता देशभरमा ५१० वटा टोलीले १ हजार ७४७ वटा अनुगमन गरेको जानकारी दिँदै यसबाट ४७१ बाट कागजपत्र माग गरेको, ४६ वटा फर्मबाट १ करोड ३७ लाख मुल्य बराबरका बस्तु तथा सामान नष्ट गरिएको, अनुचित क्रियाकलाप गर्नेलाई जरिवाना गर्दा १ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । त्यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका रामकुमार श्रेष्ठले, संयुक्त अनुगमनबाट नतिजा निकाल्न सकिने बताउँदै संयुक्त अनुगमन हुन नसके पनि संयुक्त बैठकबाट आपसी प्रगति आदानप्रदान गर्नुपर्ने बताउनुभयो ।

बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफुल, जुसजस्ता खाद्य बस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो । तिहारमा बालिने बत्तीका विषयमा ध्यान गएको छैन । सस्तो सामानलाई चर्को मुल्यमा विक्री गरिएको विषयप्रति अनुगमन टोलीले सुनुवाई गर्नुपर्छ । अधिकारीहरुको जोड थियो ।