• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

प्रधानाध्यापक मृत्यु प्रकरण: आन्दोलनस्वरुप भोलि सिरहाका विद्यालय बन्द घोषणा



सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साहको मृत्यु प्रकरणमा भोलि मंगलबार शिक्षकहरुले आन्दोलन गर्ने भएका छन् ।

विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका प्रधानाध्यापक साहको मृत्यु शंकास्पद रहेको भन्दै शिक्षकहरुका पेशागत संगठनहरुको संयुक्त बैठकले भोलि जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षकहरुका आठ पेशागत संगठनका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सत्य तथ्य निष्पक्ष छानविन गरी दोषी पत्ता लगाउन दबाब स्वरुप भोली जिल्लाभरका विद्यालय र गोलबजार नगरपालिकाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् । साथै भोलि सरस्वती माविमा हुने संघर्षका कार्यक्रममा उपस्थित हुन शिक्षकहरुलाई अपिल गरिएको छ ।

प्रधानाध्यापक साह आइतबार बिहान विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।