१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्: रास्वपा उपसभापति अर्याल

गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्: रास्वपा उपसभापति अर्याल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गर्नुभएको छ ।

रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उहाँको गुनासो थियो । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाउनु भयो ।

उपसभापति अर्यालले भन्नुभयो, ‘रुकुम र जाजरकोटमा भुकम्प गयो । सिडियो साहेवहरु चाहीँ संघीय माननीय र मन्त्रीहरु, अनि प्रदेशमा माननीय र मन्त्रीहरु स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा चाँही त्यसले पनि देखायो । मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाई दिनुस् स्वागत गर्नका लागि । त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ । तर सिडियोहरुलाई चाहीँ काम गर्न लगाउनुस भन्न गएको । तर उहाँले भेटन समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?’

बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताउनु भयो । उहाँले संसदीय समितिले यस अघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरुको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपनि सरकारले सो अनुसार कामै नगरेको स्मरण गराउनु भयो ।

सांसद पौड्यालले भन्नुभयो, ‘आजको मिटिङमा चिनीको कुरा, खाद्य वस्तुको कुरा आएको छ । यसमा हामी एकदम चिन्तित छौं । म यहाँ बसिराखेको छु । मैले पनि १५० रुपैयाँ केजीमा चिनी किन्नुपर्छ । मैले के भने भने बरु म घरमा चिनी नै चलाउँदिन केही समय । म यो समितिमा बस्छु । कसरी म १५० रुपैयाँ केजीमा चिनी लिन जाउँ त । मेरो नैतिकताले मिल्छ ? यो मेरो लोगो के हो ? मैले यो लोगोको पनि विचार गर्नुपर्ने रहेछ नि । मेरो घरमा कोही जानु भयो भने म चिनी हालेर चिया खुवाउँदिन अहिले । किनभने मेरो नैतिक ब्ल्याकमा चिनी किन्ने होइन । कति हो सरकारले व्यवस्था गर्नुपर्छ । अब चाडबाड आएको छ । एकदमै चिनीको खपत हुने समय यतिखेर आएको छ । यो कुरालाई हामीले बुझेर सरकारलाई स्पष्ट निर्देशन दिनुपर्छ ।

हामीले निर्देशन त दिइराखेका छौ । समितिले त केही पनि काम बाँकि राखेको छैन । समितिले सरकारलाई निर्देशन दिने, सम्बन्धित निकायलाई निर्देशन दिने कुरामा त उद्योगमन्त्रीलाई राखेर पनि गरेका छौं । वाणिज्यका निर्देशकजी नै अस्तीको बैठकमा त्यत्रो ३ घण्टा बस्नुभएको छ । सबै गरेका छौं । हामी पनि नैतिक रुपमा यति बाँधियौं कि हाम्रो घर परिवारले समेत हामीलाई गाली गर्ने बेला भएको छ । तर मेरो नैतिकताले लोगो लगाएर १५० मा चिनी किन्न जान दिँदैन । बरु खाँदिन । हो अहिले इण्डियामा प्याजको भाए बढायो । त्यो प्याजको भाए बढाउँदा उपभोक्ताको कुरा गर्दाखेरी इण्डियाले हिजो बढायो । भोलीपल्ट बिहानै कसरी प्याजको भाउ प्रतिकेजी ४० रुपैयाँ बढ्छ ? त्यो मलाई पनि अचम्म लाग्छ । अनि आयल निगमले ग्यासको भाउ बढाउँछ राति १२ बजे । अनि स्टक भएको ग्यासको भाउ कसरी बढछ ? अनि उपभोक्ता कति मारमा परेका छन ? तपाईहरुले जे भन्नुभएको छ । उपभोक्ताको हितको कुरालाई हामीले संसदमा पनि बोलेका छौं । यस विषयमा सरकारलाई कसले अलमल्याएको छ ? यो अनुगमन वर्षैभर गर्नुपर्छ । यो दायित्व हाम्रो हो । हामीले नै गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभुति आफूले गरेको बताउनु भयो । सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले कारणले उपभोक्ताहरु मारमा पर्नुपरेको उहाँको निष्कर्ष थियो ।

सांसद राईले भन्नुभयो, ‘नेपालमा कानून नभएजस्तो पनि लाग्दैन । कानून छ । तर त्यसको कार्यान्वयन भइरहेको छैन । त्यसको कार्यान्वयन गर्ने जिम्मेवार निकायहरु छन् । भलै त्यो यथेष्ट नहोला । तर पनि छ । तर पनि त्यहाँ काम भइरहेको छैन । यो हामीहरुको समस्या हो । यो समस्या कानून बनाएर समाधान होला जस्तो पनि मलाई लागिरहेको छ । यो भनेको चाहीँ उत्तरदायित्व बोधको आवश्यक्ता छ । यो समितिले जतिसुकै उत्तरदायित्व बोध गरेर निर्देशनहरु गरेपनि, कानुनको लागि प्रश्ताव गरेपनि यसको निर्माण हुने कत्तिको अवस्था सृजना हुनसक्छ ? समस्या यहाँ पनि छ । बनेका कानून सम्बन्धित निकायहरुले कतिको इमान्दारिताका साथ कार्यान्वयन गरिरहेका छन् ? त्यो पनि समस्या छ ।’

‘हामी सबै महशुस भइरहेको छ कि एउटा ठूलो कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र हाम्रो समाज, देश प्रवेश गरिरहेको हामीलाई महशुस भएको छ । त्यसकारणले हामी यो समितिको तर्फबाट अनुगमन भनेको मलाई के लाग्दछ भने गुणस्तर हेर्ने एउटा संस्था छ नि । त्यसले कसरी गुणस्तर चेक गरिराखेको छ नि । त्यसको फलोअप कसरी गर्ने ? वस्तुहरुको जाँचबुझ गर्ने निकायहरु पनि छैन त नेपालमा ? निकाय छ, कानून छ । तर मैले देखेको चाँही जिम्मेवारी बोध हुनुपर्छ । सम्बन्धित निकायले जिम्मेवारी बोध गर्‍यो भने यो समस्या क्रमश: घटदै जान्छ ।’

सांसद राईले सरकारले जिम्मेवारी बोध गरेमात्रै उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने बताउनु भयो ।