२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा
अ अ+ अ-

तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ ।

उहाँ इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उहाँले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्नुहुने बताइएको छ ।त्यस्तै उहाँले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नुहुने बताइएको छ ।

यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ । हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुने छ ।

प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्ने बताउनुभएको समाचारमा जनाइएको छ । रासस