• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

उच्च चिनियाँ अधिकारी आउदै



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत)का सचिव वाङ चुनचङ नेतृत्वको छ सदस्यीय टोली नेपाल आउन लागेको छ ।

बुधबार आउन लागेको टोलीमा पार्टी सचिव तथा सिचाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका निर्देशक पाइमान याङचोङ , सिचाङ स्वायत्त क्षेत्रको विकास तथा सुधार आयोगका महानिर्देशक मा चिङलिन,वित्त विभागका महानिर्देशक यिन लिफङ,यातायात विभागका दावा छुचु र सिच्याङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका दोभाषे सिरेन याङ्ची पनि टोलीमा रहेका छन् ।

टोलीको सम्मानमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले हिमालय होटलमा आगमनकै दिन रात्रीभोजको आयोजना गर्नुभएको छ ।