२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको ४९ औं शतक हेर्न टिभि र मोबाइलमा झुम्मिएका थिए दर्शक, तोडियो रेकर्ड



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३७ औँ खेल भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन क्रिकेट स्टेडियममा भएको थियो । फ्यानहरु यो खेलको प्रतिक्षामा थिए ।

किनभने, यस प्रतियोगितामा दुवै टोली उत्कृष्ट लयमा थिए र यो तालिकाको शीर्ष स्थानमा रहने लडाइँ थियो । खेलका क्रममा पूरै रंगशाला दर्शकले खचाखच भरिएको थियो । यस खेलको क्रेज मैदानमा जारी रहँदा, रेकर्ड संख्यामा मानिसहरूले यो महान् खेल अनलाइन ओटीटी प्लेटफर्ममा समेत प्रत्यक्ष हेरेका थिए । विश्वकपको यो खेलले दर्शकको पुरानो रेकर्ड तोड्यो ।

भारत–दक्षिण अफ्रिकाको खेल एकै पटक हटस्टारमा ४.४ करोड मानिसले हेरे । विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ४९ औं शतक पूरा गर्दा दर्शकको संख्या सबैभन्दा बढी थियो । यो समयमा सबै दर्शकको रेकर्ड तोडियो ।

भारत–दक्षिण अफ्रिकाबीचको खेलमा भारत–न्युजिल्याण्ड म्याचको कीर्तिमान तोडिएको छ । यस टूर्नामेन्टमा भारत र न्युजिल्यान्डबीचको खेल हटस्टारमा ४.३ करोड मानिसले एकै साथ हेरेका थिए । यसअघि १४ अक्टोबरमा भारत–पाकिस्तान खेल ३.५ करोड मानिसले हेरेका थिए ।

भारतले दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो । योसँगै टीम इन्डियाको अपराजित यात्रा जारी छ । लगातार आठ जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको भारत अब शीर्ष स्थानमै रहेर अन्तिम चारमा पुग्ने भएको छ ।

 




भर्खरै