२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले बोलाए केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । वैशाख ६ गते ११ बजे बालुवाटारमा बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने सहइन्चार्ज तामाङले बताउनुभयो । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहनु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहनु भएको छ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गर्नुभएको छ।