७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

बागलुङबाट जाजरकोट र रुकुमपश्चिममा पहिलो चरणमा ५० लाख राहत पठाइने

बागलुङबाट जाजरकोट र रुकुमपश्चिममा पहिलो चरणमा ५० लाख राहत पठाइने
जाजरकोट भूकम्प (फाईल फोटो)
अ+ अ-

बलेवा । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् ।

बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको हो । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् ।

बैठकमा उपस्थित सबैले आफ्नोआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्कलित सहयोगलाई जिल्ला प्रशासनमार्फत वितरण गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । अन्य सङ्घसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर थप सहयोग पठाइने उहाँले बताउनुभयो ।

जिल्लाका चार नगरपालिकाले रू छ लाख ३० हजारको दरले र छ गाउँपालिकाले रू चार लाख २० हजारका दरले गरी रू ५० लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकममध्ये नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावश्यक सामग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको छ ।

भूकम्प पीडितको वितरणका लागि जिल्लाको टोली त्यसतर्फ आज जाने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्घसंस्थाले पनि राहत सामग्री सङ्कलन गरिरहेका छन् । “हामीले न्यानो कपडा सङ्कलन गरिरहेका छौँ । वितरणका लागि टिम बनाएर पठाउने तयारी छ”, उहाँले भन्नुभयो, “पीडितलाई जे आवश्यक छ । त्यो पुर्‍याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।”

बैठकमा पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले भूकम्प पीडितका लागि रू ५० हजार सहयोग गर्ने घोषण गर्नुभयो । कालीका भगवती गुठी व्यवस्थापन समितिले रू एक लाख दिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुमपश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर त्यहाँ आवश्यकपर्ने सामानको प्राथमिकीकरण गरिदिन आग्रह गर्नुभयो । विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान सङ्कलनलाई तीव्रता दिएको भन्दै आजसम्ममा प्रभावित क्षेत्रमा उक्त सामग्री पुर्‍याउने तयारी भएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रमस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तीमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखले आवश्यकताका आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

विपत्को खोजी उद्धार सकिएकाले पुन:निर्माणलगायतका काममा जिल्लाबाट आवश्यक सहयोगका लागि टिम तयार गर्ने विषयमा छलफल भएको थियो ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकाले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताका आधारमा सहयोग जुटाउन आग्रह गर्नुभयोे । पहिलो चरणको राहत प्याकेज सोमबार जाने र दोस्रो प्याकेजमा थप सामग्री तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको सहायक प्रजिअ बरालले बताउनुभयो । रासस