४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुतली बाजेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो



अ+ अ-

पोखरा । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

सोमवार उनको पार्थिव शरीरलाई अन्ति श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र पोखरा महानगरपालिका उनको सम्मानका लागि अन्तिम श्रद्धाञ्जलीका लागि संग्रहालयमा राखिएको महानगर प्रमुख आचार्यले बताउनु भयो । उहाँले उहाँ आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा उहाँ लागेको स्मरण गर्नुभयो । उहाँले काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा उहाँको ठूलो योगदान रहेको बताउनु भयो ।

उहाँका योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको बताउनु भयो । पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिवार उनको निधन भएको थियो । नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए । २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिव २५ हजार पुतली संग्रह गरेका थिए । विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् ।

३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहे ।