५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषण बढ्दै गएपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द



अ+ अ-

एजेन्सी । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् ।

भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतवार घोषणा गर्नुभयो । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनु भयो ।

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आईतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।

नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्राय: प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ । अन्य कारणमा सवारी प्रदुषण समावेश छ ।