१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

चिउरी गाउँका तेह्र जनाको दाहसंस्कार

चिउरी गाउँका तेह्र जनाको दाहसंस्कार
अ अ+ अ-

जाजरकोट । भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।

चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा चिउरी गाउँका मात्र १३ जना थिए ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, चार वर्षीयका सुशान्त परियार, आठ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, चार वर्षका विशाल विक, २४ वर्षीया मनिषा विक, २३ वर्षीय सुजल विक, ५८ वर्षका दत्तबहादुर कुमाइको निधन भएको थियो ।

चौबीस वर्षीय भीमसेन विक, चार वर्षका सन्दीप विक, २१ वर्षीया कमला विक, सात वर्षीय प्रदेश विक, १४ वर्षीया विमला विक र १२ वर्षीय सुनिल विकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो । चौध वर्षीया विनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो ।

अधिकांश दलित समुदायको यस गाउँमा बसोबास छ । माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँका कुनै पनि घर सक्लो छैन । भूकम्पको असर सबैभन्दा बढी नलगाड नगरपालिकामै परेको छ ।

अहिले मृतकका आफन्त, घाइतेका आफन्त तथा अन्य प्रभावितहरू खुला आकाशमा बसीरहेका छन् । राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्वसधारण त्रसित छन् । अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताउनुभयो ।

मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकामा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रतिमृतकका परिवारलाई क्रिया खर्चवाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घर पूर्ण तथा आशिंक रुपमा क्षति भएको नगरप्रमुख डम्बर रावतले बताउनुभयो ।रासस