२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आङ सान सुकीमाथी ६ ओटा नयाँ आरोप



अ+ अ-

एजेन्सी । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उहाँका वकीलले जानकारी दिएका छन् ।

उहाँमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन् ।  पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् । 

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
 
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डिमोक्र्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।