२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

क्रिएशन र कोका–कोलाद्वारा वेस्ट वोर्कर्सहरुलाई सुरक्षा सुविधा र स्वास्थ्य शिविरको आयोजना

क्रिएशन र कोका–कोलाद्वारा वेस्ट वोर्कर्सहरुलाई सुरक्षा सुविधा र स्वास्थ्य शिविरको आयोजना
अ अ+ अ-

काठमाडौँ । कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरेको छ । राम्रो र स्वस्थ्य विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो कार्यक्रम सफाईकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको थियो।

कार्यक्रममा कामको बखत र काम सक्किए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरणका बारे जानकारी दिइएको थियो । सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरेको थियो । साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि सुसज्जित थिए ।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुको बारेमा मेडिकल चेकअप र परामर्श सामिल थियो। कार्यक्रमको अन्य प्रमुख आकर्षणहरु मध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो। यो सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पुर्‍याउन ल्याइएको हो । 

यस पहलको बारेमा बोल्दै क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भन्नुभयो, “वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविका लगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ। हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौ र कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले भन्नुभयो, “फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन्। हामी यी अनसंग हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन्।”

उक्त कार्यक्रमको पहुच संतुन्गल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरु सम्म पुगेको थियो। एक जना सफाईकर्मीले भने, “हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षम छौँ र यसको लागि हामी आभारी छौँ ।”