२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण



अ+ अ-

तेहरान । इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताउनु भएको छ । इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गर्नु भएको छ ।

उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि साहेलीले बताउनु भएको छ । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उहाँँले जानकारी दिनु भएको छ । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने उहाँले बताउनु भएको छ ।  

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गर्नु भएको थियो । तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउदै आउनु भएको छ । 

यस घटनामा कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको इरानको फार्स न्यूज एजेन्सीलाई सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (रासस÷ एएफपी)