३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिको बिडम्बना ! जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर



अ+ अ-

काठमाडौं‌ । यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि नपरोस् । तर, विधिको बिडम्बना नै हो जे नगरौँ भन्यो त्यही गर्नुपर्छ । त्यही देख्नुपर्छ तथा त्यही नै भोग्नुपर्छ ।

जाजरकोटमा शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको आज यहाँको स्थानीय नदीमा दाहसंस्कारका लागि यसरी लगिँदैछ । शुक्रबार दिउँसोसम्म सँगै थिए गाउँका दाजुभाई तथा दिदीबहिनीहरु । लाग्छ उनीहरु आउनै लागेको तिहार कसरी मनाउने भनेर तयारी पनि गर्दै थिए होला । तर तीमध्ये सबै बिहान उठ्न पाएनन् । कति त राति नै आफ्नै घरले थिचिएका थिए भने कति बिहानसम्म छट्पटाएर विदा भएका थिए ।

आज तिनैको  दाहसंस्कारका लागि गाउँलेहरुले यसरी शव लिएर सामूहिक दाहसंस्कारका लागि लग्दैछन् । तस्बिरमै हेर्दा पनि हेर्न नसकिने यो दृश्य त्यहीँ पुग्दा कस्तो होला ? सोच्न, कल्पना गर्न पनि गाह्रो छ । मानिसको जीवनका जिजीविशाहरुको सार र स्वरुप यस्तै हो जो सोच्न नसक्ने अवस्थालाई नै प्रत्यक्ष देख्न र भोग्नु नै पर्छ ।

सबै भगवानहरुलाई अनुनय छ- आज जाजरकोटमा दुखेको दु:ख अन्यत्र कतै नदुखोस् । यस्तो अकालको कालले कसैलाई शिकार नगरोस् ।

तस्बिर : सुरेश आचार्य/रासस