१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

जाजरकोट भूकम्प: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष राप्रपाले २५ लाख सहयोग गर्ने

जाजरकोट भूकम्प: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष राप्रपाले २५ लाख सहयोग गर्ने
अ अ+ अ-

काठमाडौं । राप्रपाका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपिया जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा प्रदान गर्ने भएकाे छ ।

राप्रपा कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको को केन्द्रीय पदाधिकारी बैठकले सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभा सदस्य मा।ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जानु हुने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा शाहीसंग र रुकुम पश्चिम जिल्लाको हकमा शाहसंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुऱ्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले भुगोल केन्द्रित जिम्मेवारी कार्यक्रम मध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू २०८० मंसिर १५ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।

बैठकले जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु भएर २०८० कार्तिक १७ गते शुक्रबार राति गएको ६।४ रेक्टरको भुकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति दु:ख प्रकट गरेको छ ।

राप्रपाले भुकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रदान्जलि, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । राप्रपाले उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनस्स्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।