५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष राप्रपाले २५ लाख सहयोग गर्ने



अ+ अ-

काठमाडौं । राप्रपाका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपिया जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा प्रदान गर्ने भएकाे छ ।

राप्रपा कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको को केन्द्रीय पदाधिकारी बैठकले सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभा सदस्य मा।ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जानु हुने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा शाहीसंग र रुकुम पश्चिम जिल्लाको हकमा शाहसंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुऱ्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले भुगोल केन्द्रित जिम्मेवारी कार्यक्रम मध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू २०८० मंसिर १५ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।

बैठकले जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु भएर २०८० कार्तिक १७ गते शुक्रबार राति गएको ६।४ रेक्टरको भुकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति दु:ख प्रकट गरेको छ ।

राप्रपाले भुकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रदान्जलि, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । राप्रपाले उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनस्स्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।