३० असार २०८२, सोमबार
,
Latest
पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना



अ+ अ-
काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ ।
आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।
चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गर्नुभएको छ ।
यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाउनुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।