• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कप्तान पौडेल र गुल्शन झाको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य



काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा कप्तान रोहित पौडेल र गुल्शन शाको अर्धशतकमा नेपालले ओमानलाई १८५ रनकोे लक्ष्य दिएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । झाले २५ बलमा ५४ रन जोडे भने पौडेल ५२ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए भने करण केसीले ६ बलमा २० रन जोडे ।

ओमानका लागि बलिङतर्फ विलाल खानले तीन विकेट लिए भने अकिव इलियासले दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।

नेपाल र ओमान दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् ।