२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न क्यान र चौधरी ग्रुपबीच सम्झौता



अ+ अ-

काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न आज (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो ।
सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गर्नुभयो । क्यान क्रिकेट निर्देशक विनोद दाशले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिनुभयो । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताउनुभयो ।