२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा भैइरहेको हत्या र दमनविरुद्ध नुवाकोटमा कार्यक्रम



अ+ अ-

नुवाकोट । २०७७ चैत २७ गते मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा सम्पन्न भएको छ । बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि शान्ति समाजले थालेको अभियानलाई तिव्रता दिने निर्णय गरेको छ । 

सोही दिन शान्ति समाजले बर्मामा भइरहेको हत्या र दमन विरुद्ध नुवाकोटको विदुरमा प्रदर्शन गरेको थियो । शान्ति समाज नुवाकोट शाखाले चैत २३ गतेदेखी शुरु  गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रीत रहि ६ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, सांकेतिक रुपमा नगर तथा नदी सफाई, शान्ति काव्य प्रवाह र  दण्डहीनता विरुद्ध केन्द्रीत रही अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।  

चैत २८ गते समाजका नुवाकोट शाखा सभापति नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शान्ति समाज केन्द्रीय कार्यसमिति बैठकले शान्ति समाजको सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाईलाई नियुक्त गरेको छ भने निवर्तमान सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार हुनुहुन्छ । बैठकले शान्ति समाजको विधान अनुसार ६ जना केन्द्रीय सदस्यहरुमा किरण ढकाल काठमाण्डौ,कृष्ण नारायण श्रेष्ठ नवलपरासी पश्चिम, सुदिप रिजाल मोरङ, दुर्गा राना मगर (लक्ष्मी) काठमाण्डौ, उमा गौतम काठमाण्डौ र गणेश पौडेल रौतहटलाई नियुक्त गरेको छ । 

यसैगरी अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र सदस्यहरुमा लालहरी पाण्डे र दुर्गा देवकोटा तथा सदस्यता अपिल समितिको संयोजकमा बलबहादुर गाहा मगर र सदस्यहरुमा भुमिश्वर गौतम र ईश्वरा लिङ्देनलाई नियुक्त गरेको छ ।