काठमाडौं । प्रहरीले १४५० एम्पुल लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिहरपुर-४ का २३ वर्षीय यज्ञ बहादुर श्रेष्ठ र बारा कलैया-४ का १९ वर्षीय धर्मेन्द्र माझी रहेका छन् ।
आज बिहान नागढुंगा स्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ८७८७ नम्बरको बस र बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा उनीहरु फेला परेका हुन् ।
उनीहरुबाट निट्राभेट-१० ५४० ट्याबलेट र डाईजेपाम ३०० एम्पल , फेनरागन ३०० एम्पल र नुफीन ३०० एम्पल लागूऔषध बरामद गरिएको छ ।
यस्तै उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











