२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुकम्पको क्षतिबाट सम्पदाहरुलाई बचाउन सकिने आधार खडा—सुशिल ज्ञवाली



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले आगामी दिनमा भुकम्पको क्षतिबाट सम्पदाहरुलाई बचाउन सकिने आधार खडा भएको बताउनुभएको छ । 

सोमबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले गर्ने कामले थुप्रै सम्पदाहरुको संरक्षण गर्ने प्रविधिलाई पुर्नविकास गरेको बताउनुभयो । 

नयाँ प्रविधि देशभित्र आएको र त्यसलाई सरकारले स्वीकार गरेर अगाडी बढ्ने अवस्था समेत बनेको उल्लेख गर्दै उहाँले त्यसैको जगमा उभिएर आगामी दिनमा पुनः भुकम्प आएपनि सम्पदाहरुलाई जोगाउन सकिने बताउनुभयो । पुरानै निर्माण सामाग्री र प्रविधि प्रयोग गरेर जान सकिने आधार खडा गरिएको पनि बताउनुभयो  ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु, विद्यालय तथा भवनहरु पुननिर्माण गरेको जानकारी दिनुभयो । उहाँले सम्पदाहरुलाई पुरानै ऐतिहासिकता जोगाउने गरि पुनर्निमाण भएको पनि बताउनुभयो ।