• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

न्युक्यासलसँग हार्यो आर्सनल, अपराजित यात्रामा लाग्यो ‘ब्रेक’



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग १–० गोलले पराजित भएको हो ।

यता, न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल एन्थोनी गोर्डनले गरे । उनले जोएलिन्टनको पासमा खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै आर्सनल ११ खेलबाट २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । न्युक्यासल समान खेलबाट २० अंकका साथ छैटौं स्थानमा रहेको छ ।