७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : न्युजील्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको लक्ष्य



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा जारी खेलमा न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य दिएको छ ।

न्युजील्यान्डका लागि युवा ब्याटर रचिन रबिन्द्रले १०८ रनको शतकीय पारि खेलेका थिए । यस विश्वकपमा यो उनको तेस्रो शतक हो ।

चोटका कारण यसअघिका खेल गुमाएका कप्तान केन विलियम्सनले पनि शानदार ब्याटिङ गर्दै ९५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

आजको खेल नजिते प्रतियोगिताबाटै बाहिरिने पाकिस्तानी टिमका कप्तान बाबर आजमले आज टस जितेर पहिले क्षेत्र रक्षण रोजेका थिए । तर उनको निर्णय शंकाको घेरामा परेको छ । उनका बलरले राम्रो बलिङ प्रदर्शन गर्न सकेका थिएनन् भने क्षेत्र रक्षण पनि फितलो थियो ।