२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्धारा भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जाजरकोट ,रुकुमपश्चिममा गएको भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गर्नुभएको छ । पूर्वराजा शाहले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

एक सन्देश जारी गर्दे उहाँले अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने जनाउनु भएको छ ।

उहाँले यस्तो प्रकोपको घडीमा हुनु पर्ने उद्दार , राहत तथा स्वास्थ्य उपचार तथा पुन निर्माणको काममा लोककल्याणकारी भाब राखेर सबै कार्यव्यवस्था तदारुकताका साथ हुनु पर्नेमा तर त्यस्तो हुन नसकेको गुनासो सुनिएको पनि जनाउनु भएको छ ।