७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’



जाजरकोट भूकम्प (फाईल फोटो)
अ+ अ-

काठमाडौँ: राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।

उहाँले गएराति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उहाँको भनाइ छ ।

साथै सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो । केन्द्रका अनुसार सोही स्थान केन्द्रविन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो ।

नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा अधिकारीले बताउनुभयो । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।रासस