५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिनुभएको हो ।

उहाँले शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादी कमलप्रसाद जबेगुलाई विना विभागीय मन्त्री बनाउनुभएको थियो । एमालेले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

नेकपा एमाले तथा कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ असोजमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।