२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिनुभएको हो ।

उहाँले शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादी कमलप्रसाद जबेगुलाई विना विभागीय मन्त्री बनाउनुभएको थियो । एमालेले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

नेकपा एमाले तथा कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ असोजमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।