वीरगञ्ज । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका-९ का एकजना कोरोना संक्रमितको निधन भएको छ। ३७ वर्षीय पुरुषको
आज बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।
भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
एडभान्समा उपचारका क्रममा हेमो ग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले बताए । दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइबुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।











