१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत र पुनःस्थापनामा जुट्न पूर्बराष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं । पूर्बराष्ट्रपति बिद्यादेवी भण्डारीले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

पूर्बराष्ट्रपति भण्डारीलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ प्राकृतिक विपद्को यस दुस्खद् घडीमा भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न संबद्ध निकायहरूका साथै स्यवंयसेवी संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछु । साथै, त्यस क्षेत्रमा पराकम्पहरू गइरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु ।

उहाँले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पमा परी जन र धनको ठूलो क्षति भएको खबरबाट आफूमर्माहत भएको उल्लेख गर्दै भूकम्पमा परी अमुल्य जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले
शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।