२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते



अ+ अ-

चरिकोट । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो । 

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् ।

घाइतेहरुको काठमाडाँैको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।