१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलको प्रदर्शनी- फूलको आँखामा फूलै संसार.. (फोटो फिचर)



अ+ अ-

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भैरहेको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा फूलका पारखीहरुको उल्लेख्य उपस्थिती रहेको छ । शुक्रबार पूर्व बडामहारानी कोमल शाह पनि पुष्पमेलाको अबलोकन गर्न पुग्नु भएको थियो ।

 

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराईएको छ प्रतिस्पर्धा गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर फूलहरु बीच गराईएको छ ।

एशोसिएसनका अनुसार मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, सजाटवमा रुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी हुने र पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी गराउने उद्देश्यले आयोजा गरिएको हो ।

एसोसिएसनले २०५१ सालदेखि पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ।