२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी !

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी !
अ अ+ अ-

मिल्चे  । खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् ।

घरदेखि नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको सफा पानीले साबुन लगाएर मिचिमची हात धुन्छन् । उनीहरुको यो कार्यलाई अगाडि र पछाडिबाट एकएक जना शिक्षकले अनुगमन गरिरहेका हुन्छन् ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमका समयमा गत वर्ष बन्द भई पुनःसञ्चालित  विद्यालयमा यस प्रकारको जनस्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य र नियमित पालना हुन थालेको पाइएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा तीन शिक्षक र ६० विद्यार्थी छन् ।

 शहरी क्षेत्रमा पुनः कोरोनाको त्रास बढे पनि सो गाउँमा त्यस प्रकारको जोखिम हालसम्म देखिएको छैन । विद्यालयका प्रधानाध्यापक कमलबहादुर पुलामी सरकारले बन्द गर्नु नभनेको अवस्थामा आफूहरु स्वास्थ्य सुरक्षासहित नियमित विद्यालय सञ्चालन गर्न तत्पर रहेको बताउनुहुन्छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तितुङ शैक्षिक सत्र सकिन लागेकाले टोलटोलमा शिक्षक आएर वा वैकल्पिक माध्यमबाट पढाइरहन सहज नहुने भएकाले विद्यालय खोल्नु उपयुक्त ठान्नुहुन्छ ।

कोभिड–१९ पछिको स्थितिमा सिकाइ निरन्तरताका लागि गाउँपालिकाको समन्वय तथा ‘वि वल्ड’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्थानीय नाङ्साल एशोसिएशनले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेपछि विद्यालय स्वास्थ्य मापदण्डपालनामा सहजता आएको देखिएको छ । 

निःशुल्क पढाइ हुने सामुदायिक विद्यालयहरुमा नेपाल सरकारको दिवा खाजा कार्यक्रम पनि सञ्चालित छ । महाङ्कालस्थित जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर मगर हाल विद्यालय सञ्चालन गर्न कुनै कठिनाइ नरहेको जनाउनुहुन्छ । सूचना तथा सञ्चार प्रविधि प्रयोगशालासमेत रहेको यस विद्यालयमा यो वर्ष २५३ विद्यार्थी भर्ना भएका छन् । बारेनडाँडास्थित जनचेतना आधारभूत विद्यालयमा भने भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्रै उपस्थित भएको पाइयो ।

‘वी वल्ड’ ले कोभिड–१९ पछि काभ्रेपलाञ्चोकका ६८ र सिन्धुपाल्चेकका १० विद्यालयमा गरी रु ६६ लाख ३१ हजार बराबारको अध्ययन तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो भने सन् २०१३ देखि दुवै जिल्लाका २४ विद्यालयमा ‘गुणस्तरीय आभारभूत सिकाइ तथा बाल अधिकार प्रवद्र्धन’ परियोजना सञ्चालन शुरु गरेको थियो । उक्त परियोजनाको अवधि यसै महिना सकिँदैछ । परियोजनाले  विद्यालयमा भवन पुनःनिर्माण, बहुकक्षा बहुशिक्षण विधि र अन्य शैक्षिक सुधारमा सहयोग गरेको छ ।

बेथानचोकस्थित पार्वती माविका प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले गाउँपालिका र संस्थाको सहयोगमा कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट पनि सिकाइ निरन्तरता दिइएको र हाल नियमित विद्यालय सञ्चालन गरिएको जनाउनुभयो । सो विद्यालयमा आठ सय विद्यार्थी छन् । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल सरकारको स्रोतसाधनले मात्रै नभ्याउने स्थितिमा यस्ता सहयोग र कार्यक्रमलाई सबै वडा र विद्यालयमा विस्तार गर्न आग्रह गर्नुहुन्छ । 

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सना कोरोना त्रास बढेका बेला स्वाध्ययन सामग्रीको प्रकाशन र वितरण, शिक्षक तालीम, सुरक्षित विद्यालयको अवधारणाबारे सचेतना दिएर गैरसरकारी क्षेत्रले सहयोग गरेको बताउनुहुन्छ । विपद्जन्य अवस्थामा उचित समयमा सही सूचना प्रदान, सूचना आदानप्रदानका लागि वैकल्पिक संयन्त्रको स्थापना, सामुदायिक स्वयंसेवक र सचेतक परिचालन, स्वास्थ्य सुरक्षा सचेतना कार्यक्रम र निरन्तर सिकाइजस्ता कार्यमा गरिएको ‘वी वल्ड’ का राष्ट्रिय निर्देशक तिलक भट्टराईको भनाइ छ । 
 
नाङ्साल एशोसिएशनका कार्यकारी निर्देशक गुणराज मोक्तान आफूहरुले जिल्लामा तीन हजार ४२२ विद्यार्थीलाई स्वाध्यायन सामग्री उपलब्ध गराइएको र ४० सामुदायिक कक्षाहरु सञ्चालन गरिएको जानकारी दिनुहुन्छ । रेडियो र टेलिभिजन कार्यक्रम सञ्चालन गर्नुका साथै एक हजार २३४ विद्यार्थीका लागि हात धुने ड्रम र सामग्री दिइएको उहाँको भनाइ छ । उहाँका अनुसार २६ स्वास्थ्य संस्थामा १३ सेट पिपिइ, १३ सेट थर्मल गन र मास्क उपलब्ध गराइएको छ । 
–प्रकाश सिलवाल