• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ★   प्रतिनिधिसभा बैठक बस्दै, के छन् आजको कार्यसूची ? ★   गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी ★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा ★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक ★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

सगरमाथा इन्स्योरेन्सको आरोग्य बीमालेख सार्वजनिक, १० लाख सम्मको बीमा स्किम



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मंगलबार आरोग्य बीमालेख सार्जनिक गरेको छ । कम्पनीले वैशाख २ बाट बजारमा सगरमाथा हेल्थ एप्लिकेसन अन्तरगत तीन प्रकारका बिमा ल्याएको छ । सामान्य बिमामा १ देखि ५ लाख सम्मको रहेको छ भने दुर्घटना बिमा १ देखि ७ लाख सम्मको रहेको छ । त्यसैगरी घातक अर्थात क्रिटिकल बिमा १ देखि १० लाख सम्मको बिमा ६ देखि ६५ वर्षसम्म भएकाले आरोग्य बिमालेखबाट गर्न मिल्ने कम्पनीले जनाएको छ । यी तीन ग्रुपले १८ किसिमका रोगलाई समावेश गरेको डिसिओ श्रवण कुमार रावलले जानकारी दिनुभएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उधारो बीमा एन व्यवस्थाको विपरित भएकोले नगराउन कम्पनीलाई अनुरोध गर्नुभयो । बीमा कम्पनीहरुमा भुक्तानी तत्काल नगराउने समस्या रहेको पनि उहाँले ध्यान आर्कषण गराउनुभयो । उहाँले भन्नुभयो, "बीमितको भुक्तानी तत्काल हुनुपर्छ, मिलेमत्तो भएकाहरुको चाँडो र नभएकाहरुको ढिला हुने प्रविधि निकै फल्टाएको छ ।" साथै भुगोलको हिसाबले पनि सबैजना बीमा गर्नको लागि उत्साहित भएर आउने वातावरण कम्पनीले बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । बीमा कम्पनी ग्राहकको माझ पुग्नु भन्दा पनि बीमक कम्पनी खोज्दै आउने वातावरणको सृजना हुनुपर्छ भन्दै उहाँले कम्पनीलाई अनुरोध गर्नुभयो । 

त्यसैगरी बीमा समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबीलाई छिट्टै भुक्तानी गर्न सक्यो भने बीमाको दायरा पनि अगाडी बढ्न सक्ने जिकिर गर्नुभयो । साथै उहाँले भन्नुभयो, यस कम्पनीले वर्षेनी नयाँ प्रोडक्ट लन्च गर्दै आएको छ र यो पोडक्टले बीमा बजारलाई थप फराकिलो बनाउनेछ । बताउनुभयो ।  

कम्पनीका निर्देशक राम कृष्ण मानन्धरले भन्नुभयो बीमा गर्नपर्छ भन्ने जानकारी भुकम्पले दिएको जस्तो लाग्छ । उहाँले भन्नुभयो, हाम्रो बोर्डको टिममा बिजनेस भनेको क्लेम सेटलमेन्ट भएको प्रष्ट पारिएको छ र हामी यसमा प्रतिवद्धता जनाउछौ । हामीले सधै क्लेम सेटलमेन्टलाई प्राथमिक्तामा राखेको निर्देशक मानन्धरले बताउनुभयो ।