९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा इन्स्योरेन्सको आरोग्य बीमालेख सार्वजनिक, १० लाख सम्मको बीमा स्किम



अ+ अ-

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मंगलबार आरोग्य बीमालेख सार्जनिक गरेको छ । कम्पनीले वैशाख २ बाट बजारमा सगरमाथा हेल्थ एप्लिकेसन अन्तरगत तीन प्रकारका बिमा ल्याएको छ । सामान्य बिमामा १ देखि ५ लाख सम्मको रहेको छ भने दुर्घटना बिमा १ देखि ७ लाख सम्मको रहेको छ । त्यसैगरी घातक अर्थात क्रिटिकल बिमा १ देखि १० लाख सम्मको बिमा ६ देखि ६५ वर्षसम्म भएकाले आरोग्य बिमालेखबाट गर्न मिल्ने कम्पनीले जनाएको छ । यी तीन ग्रुपले १८ किसिमका रोगलाई समावेश गरेको डिसिओ श्रवण कुमार रावलले जानकारी दिनुभएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उधारो बीमा एन व्यवस्थाको विपरित भएकोले नगराउन कम्पनीलाई अनुरोध गर्नुभयो । बीमा कम्पनीहरुमा भुक्तानी तत्काल नगराउने समस्या रहेको पनि उहाँले ध्यान आर्कषण गराउनुभयो । उहाँले भन्नुभयो, "बीमितको भुक्तानी तत्काल हुनुपर्छ, मिलेमत्तो भएकाहरुको चाँडो र नभएकाहरुको ढिला हुने प्रविधि निकै फल्टाएको छ ।" साथै भुगोलको हिसाबले पनि सबैजना बीमा गर्नको लागि उत्साहित भएर आउने वातावरण कम्पनीले बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । बीमा कम्पनी ग्राहकको माझ पुग्नु भन्दा पनि बीमक कम्पनी खोज्दै आउने वातावरणको सृजना हुनुपर्छ भन्दै उहाँले कम्पनीलाई अनुरोध गर्नुभयो । 

त्यसैगरी बीमा समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबीलाई छिट्टै भुक्तानी गर्न सक्यो भने बीमाको दायरा पनि अगाडी बढ्न सक्ने जिकिर गर्नुभयो । साथै उहाँले भन्नुभयो, यस कम्पनीले वर्षेनी नयाँ प्रोडक्ट लन्च गर्दै आएको छ र यो पोडक्टले बीमा बजारलाई थप फराकिलो बनाउनेछ । बताउनुभयो ।  

कम्पनीका निर्देशक राम कृष्ण मानन्धरले भन्नुभयो बीमा गर्नपर्छ भन्ने जानकारी भुकम्पले दिएको जस्तो लाग्छ । उहाँले भन्नुभयो, हाम्रो बोर्डको टिममा बिजनेस भनेको क्लेम सेटलमेन्ट भएको प्रष्ट पारिएको छ र हामी यसमा प्रतिवद्धता जनाउछौ । हामीले सधै क्लेम सेटलमेन्टलाई प्राथमिक्तामा राखेको निर्देशक मानन्धरले बताउनुभयो ।