४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिनलाई पनि पछि पारे विराटले



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३३औं खेलमा भारतले श्रीलंकामाथि ३०२ रनको ठूलो जित हासिल गर्यो । यो खेल जितेर विराट कोहलीले सचिन तेन्दुलकरको ठूलो कीर्तिमान तोडेका छन् ।

विराट भारतका सबैभन्दा सफल खेलाडी बनेका छन् । त्यस्तै, विश्वमा विराटभन्दा अगाडि अष्ट्रेलियाका पूर्व क्रिकेटर रिकी पोन्टिङ र श्रीलंकाका पूर्व क्रिकेटर महेला जयवर्धने मात्रै छन् ।

वास्तवमा विराट भारतका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडी बनेका छन् । यसको मतलब उनी अधिकांश खेलमा भारतको जितमा सहभागी भएका छन् । श्रीलंकाविरुद्धको जितसँगै उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

विराटले भारतका लागि टेस्ट, ओडीआई र टी–२० गरी तीनवटै फर्म्याट गरी ५१४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ३०८ खेल जितेका छन् । उनी १६६ पराजयमा टोलीको हिस्सा थिए । उनको कार्यकालमा सात अन्तर्राष्ट्रिय खेल टाई भएका थिए भने २१ खेल बराबरी भएका थिए । १२ खेलमा नतिजा आएको छैन ।

यो सूचीमा सचिन तेन्दुलकर दोस्रो नम्बरमा छन् । उनले भारतका लागि ६६४ खेल खेलेका छन् भने ३०७ खेल जितेका छन् । उनले २५६ खेलमा हार बेहोरेका थिए । पाँच खेल टाइमा परेका छन् भने ७२ खेल बराबरीमा परेका छन् । २४ खेलमा नतिजा आएको छैन ।

महेन्द्र सिंह धोनी सूचीको तेस्रो नम्बरमा छन् । उनले भारतका लागि ५३८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमध्ये उनले २९८ खेलमा जित हात पारेका थिए । १८६ खेलमा उनले हार बेहोरे । सात खेल टाइ र ३० खेल बराबरीमा परेका छन् भने १७ खेलको नतिजा आएको छैन ।