२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा



अ+ अ-

काठमाडौं– लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले आयोजना गर्न लागेको ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

शनिवार प्रज्ञा भवन कमलादी काठमाडौं हुने कन्सर्टको तयारी पूरा भएको क्लबकी अध्यक्ष कल्पना बस्नेतले जानकारी दिइन्। उनले भनिन्, ‘हामी दशैं अगाडिदेखि नै यसको तयारीमा लागेका थियौं, अब हामी कन्सर्टको तयारी अवस्थामा छौं, अब हामी संगीतप्रेमी र हाम्रा शुभेच्छुकलाई स्वागतको प्रतिज्ञामा छौं,सबैलाई उपस्थितिका लागि आमन्त्रण पनि गर्छौं ।’

गायक यम बराल र उनको टिमको उपस्थिति रहने कन्सर्ट ‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट गर्न लागिएको अध्यक्ष बस्नेतले बताइन्। अत्यधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका–५ पिडामा रहेको श्री डोल भञ्ज्याङ मा.बिको सहयोगार्थ कन्सर्ट गर्न लागिएको उनले बताइन्।

‘क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएका छौं,’ उनले भनिन्, ‘साथै केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने होम्रो योजना छ ।’

गायक यम बरालले लायन्ससँगको सहकार्यका प्रस्तुति दिन पाउनु महत्वपूर्ण अवसरको रुपमा लिएको बताए। सामाजिक उद्देश्य सहित गर्न लागिएको पुण्य काममा आफू जोडिन पाउँदा भाग्यमानी सम्झिएको बताए। उनले आफ्नो समूहले कन्सर्टलाई चुनौतिको रुपमा लिएको र तयारीका साथ मनोरञ्जन दिन तयार रहेको बताए । उनले कन्सर्ट अद्भुत रहने बताए। उनले भने, ‘हाम्रो तयारी भरपुर छ, संगीतप्रेमीको उपस्थितिले अझै उत्साह थप्ने छ, हामी स्वागत र सहकार्यका लागि आतुर छौं ।’

यस कन्सर्टको मुख्य प्रायोजकको रुपमा ब्राम्प्टोन इमिग्रेसन कन्सल्टेन्सी र इन्टेक अब्रोड रहेको आयोजकको भनाइ छ। त्यस्तै सहप्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राभल, प्यासिफिक लिंक कलेज रहेको बताइएको छ। त्यसैगरी थोमस इन्टरनेसनल एजुकेसन प्रा. लि., डल्फिन, अरविट इन्टरनेसनल एजुकेसन प्रा.लि., के आई ई सि प्रा.लि., कङ्गारु एजुकेशन फाउन्डेशन प्रा.लि., एजुकेसन प्लानेट प्रा.लि. द नेक्ट्स एजुकेसनल कन्सल्टेन्सि प्रा.लि., ईन्लाईटन ईन्टरनेसनल एजुकेसन प्रा. लि., टीडब्लूआई दुबई, प्रभु बैंक लिमिटेड, पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रा.लि., आर्याना बुटिक, ग्रे्रेस इन्टरनेसनल ग्रुप प्रा.लि., सिटी एक्सप्रेस मनी ट्रान्स्फर, आइएमई इन्स्योरेन्स, जेएलसिटी नेपाल, नेपाल एयरलाइन्स लगायतले साझेदारी गरेको आयोजकको भनाइ छ।