२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनियनद्वारा संघीय निजामती सेवा ऐन तानाशाही रहेकाले पास नगर्न चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताउनुभयो ।

ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताउनुभयो । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताउनुभयो ।

श्रेणीबिहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उहाँले बताउनुभयो । करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफुहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराउनुभयो ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले बताउनुभयो । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन(संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताउनुभयो ।