२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तौल घटाउनका लागि लसुनको अहम भुमिका, यसरी खानुस्

तौल घटाउनका लागि लसुनको अहम भुमिका, यसरी खानुस्
अ अ+ अ-

काठमाडौं । लसुनबाट भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ।  हाम्रो भान्सामा लसुन सहजै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। त्यसैले लसुनलाई पावर हाउस पनि भनिन्छ।

लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ। अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन घटाउनका लागि मानिसहरुले अनेक उपायहरु अपनाउँछन्।

लसुनको प्रयोगबाट तौल कम गर्न मद्दत पुग्ने एक अध्ययनले देखाएको छ। लसुनमा पाइने केही तत्वहरुले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्दछ। लसुनमा एक एलियम नामक मुख्य तत्व हुन्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ। यो लसुन सेवन गरेको करिब १० मिनेटपछि सक्रिय हुन्छ।

यदी तपाई शरीरको तौल कम गर्न चाहनु हुन्छ भने लसुनलाई काचो नै खानुपर्छ। एलियम नामको तत्वले लसुनको सुगन्ध पनि बढाउँछ। लसुनको सुगन्ध जति तेज हुन्छ, त्यति नै यो फाइदाजनक पनि मानिन्छ। लसुनमा एलिनेज नामको एक एंजाइम पनि हुन्छ, जसले शरीरमा रहेको बोर्सा पगाल्न मद्दत गर्दछ। लसुनलाई विभिन्न उपायबाट तौल कम गर्ने उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गर्न सक्नुहुन्छ लसुनलाई तौल घटाउनका लागि। हेर्नुहोस् ।

१) महसँग लसुन
शरीरको डिक्टसीफाईका लागि लसुन र मह निकै राम्रो मानिन्छ। किनभने लसुन र महले शरीरमा रहेको फोहोरलाई सफाई गर्न मद्दत गर्दछ। यसको सेवनले पेट लामोसम्म भरिएको पनि महसुस हुन्छ। यी दुईको मिश्रणले भोक कम लाग्नुका साथै पाचन प्रणाली पनि राम्रो हुन्छ। तौल कम गर्न पनि पाचन प्रणाली स्वस्थ हुन निकै आवश्यक छ। तौल कम गर्न पाकेको भन्दा पनि काचो लसुन लाभदायक मानिन्छ। त्यसैले बिहान खाली पेट काचो लसुन खाए शरीरमा भएको बोसो राम्रोसँग मेटाबोलाइज गर्ने गर्छ।

२) कागतीसँग लसुन
थोरै तातो पनि लिनुहोस्। त्यसमा एक चम्चा कागतीको रस र १-२ पोटी लसुन थिचेर राख्ने र यसलाई मिसाएर पिउने। यो ड्रिंकले तौल कम मात्र नभई फ्री रेडिकल्सले हुने विभिन्न ड्यामेजबाट पनि बचाउँछ।

३) खाली पेट लसुन
बिहान खाली पेट लसुन या लसुन पानी खायौँ भने यसको अधिक लाभ मिल्छ। किनभने पकाएको भन्दा काचो लसुन बढी फाइदाजनक मानिन्छ। बिहान २÷३ पोटी लसुन पानीसँग खान सकिन्छ। घरेलु उपायबाट शरीरको तौल कम गर्न चाहनेका लागि लसुनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ। तर यो मात्र भनेर हुँदैन। यो सँगै स्वस्थ खानेकुरा र नियमित कसरतको पनि निकै जरुरी हुन्छ।

४) साइड इफेक्ट
लसुनको सेवन धेरै फाइदाजनक छ। तर लसुनको प्रयोग सबैका लागि फाइदाजनक नहुन सक्छ। यदी कुनै व्यक्ति अस्वस्थ छ, या कुनै रोगको बिरामी छ भने चिकित्सकको सल्लाह अनुसार मात्र यसलाई आफ्नो खानामा प्रयोग गर्नुपर्छ। लसुनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या या छालाको एलर्जी पनि निम्त्याउन सक्छ। त्यसैले लसुनको प्रयोग आफ्नो स्वास्थ्य अवस्था र आवश्यकता अनुसार मात्र गर्न जरुरी छ। (एजेन्सीको सहयोगमा)