२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘उच्च स्तरिय राष्ट्रिय सुरक्षा’ तालिम सम्पन्न

‘उच्च स्तरिय राष्ट्रिय सुरक्षा’ तालिम सम्पन्न
अ अ+ अ-

काठमाडौं ।  सि.सं. ६ उच्च स्तरीय सुरक्षा (Advance Course of National Security) तालिम आज प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा यही चैत्र १६ गतेदेखि सञ्‍चालन भएको तालिमको आज प्रधानमन्त्री तथा रक्षा मन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

उक्त समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी  हिरालाल जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री ओलीले नयाँ वर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राख्‍नु भएको थियो । समापन समारोहलाई सम्बोधनको दौरान प्रधानमन्त्री ओलीले Advance Course of National Security तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गर्नु हुँदै वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपुर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताउनु भएको थियो । 

समापन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भुमिका खेलेको विश्वास व्यक्त गर्नु भएको थियो । 

वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो भने हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसक्नु भएको छ । कोभिड-१९ स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गरि आयोजना गरिएको उक्त समापन समारोहमा रक्षा सचिव, त्रिभुवन विश्‍व विद्यालयका पदाधिकारीहरु, पूर्व शिक्षाध्यक्षहरु, अतिथिवक्ताहरु एवं नेपाली सेनाका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।