४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भर्सेस युएई: टिकटमा लिमिट, ‘आइएमई पे’ मार्फत खरिद गर्न मिल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलमा नेपालले भोलि शुक्रबार युएईसँग खेल्दैछ । मुलपानी मैदानमा हुनलागेको खेल बिहान ११ बजे सुरु हुनेछ ।

सेमिफाईनलको लागि क्यानले मात्रै ३५ सय टिकट बिक्री गर्ने भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानले खेलको टिकट आइएमई पे एप मार्फत खरिद गर्न मिल्ने जनाएको छ । मैदानमा टिकट बुथ नहुने हुदा क्यानले आइएमई पे एप मार्फत खरिद गर्न आग्रह गरेको छ ।

क्यानले भिभिआईपी, भिआइपी लगायत सबै किसिमका पासलाई रोक गरेको जनाएको छ । साथै, मुलपानीमा बढी भिड हुनेसक्ने अनुमानसहित सुरक्षाको लागि सकभर खेल घरमै बसेर हेर्न समेत आग्रह गरेको छ ।

सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँले बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएकोमा सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।

युएईलाई हराउदै फाइनलमा पुगे नेपालले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।