• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

नेपाल भर्सेस युएई: टिकटमा लिमिट, ‘आइएमई पे’ मार्फत खरिद गर्न मिल्ने



फाईल फोटो

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलमा नेपालले भोलि शुक्रबार युएईसँग खेल्दैछ । मुलपानी मैदानमा हुनलागेको खेल बिहान ११ बजे सुरु हुनेछ ।

सेमिफाईनलको लागि क्यानले मात्रै ३५ सय टिकट बिक्री गर्ने भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानले खेलको टिकट आइएमई पे एप मार्फत खरिद गर्न मिल्ने जनाएको छ । मैदानमा टिकट बुथ नहुने हुदा क्यानले आइएमई पे एप मार्फत खरिद गर्न आग्रह गरेको छ ।

क्यानले भिभिआईपी, भिआइपी लगायत सबै किसिमका पासलाई रोक गरेको जनाएको छ । साथै, मुलपानीमा बढी भिड हुनेसक्ने अनुमानसहित सुरक्षाको लागि सकभर खेल घरमै बसेर हेर्न समेत आग्रह गरेको छ ।

सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँले बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएकोमा सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।

युएईलाई हराउदै फाइनलमा पुगे नेपालले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।