३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्दै, नायक शेखर सुवेदी



अ+ अ-

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा अभिनेता शेखर सुवेदीले आफूलाई उभ्याउन लागिपरेका छन् । 

फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन्। गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिन्छन्। केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा देखिएका छैनन् ।

हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास अभिनेता सुवेदीको छ। ‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’ सुवेदीले भने ।

अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट रहेको उनको दाबी छ। ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ ।

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे।