२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएमआर नेपालको अध्यक्षमा अर्याल



अ+ अ-

काठमाडौं । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन हुनु भएको छ । सिएमआर नेपालको ११औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । अर्याल पत्रकारिता प्राध्यापन गर्नुकासाथै मिडिया, इतिहास र समाजशास्त्र सम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ ।

सिएआर नेपालको उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नविन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन हुनु भएको छ ।

साधारणसभामा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंङगले बुझ्न नसकेको भन्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्नका लागि काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सह्रानिय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिनु भयो ।

महासंघका सचिव पवन आचार्यले पत्रकारहरुका लागि विशिष्टकृत तालिमको आवश्यकता रहेको बताउँदै समय सापेक्ष तालिमहरु अघि बढाउनु पर्ने बताउनुभयो ।

नेपाल खुल्ला विश्विद्यालयका सहप्राध्यापक डा.हरि ढुङ्गानाले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा धेरै चुनौती देखा परेको उल्लेख गर्दै नयाँ प्रविधिलाई विशेष ध्यान दिएर अघि बढन् सुझाव दिनुभयो ।

सिएमआर नेपालका नवनिर्वाचित अध्यक्ष दीपक अर्यालले विगतमा गरेका कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यवहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन अनुसन्धान गर्नुका साथै मिडिया सम्बन्धी बहसलाई अघि बढाउने बताउनुभयो ।

सिएमआर नेपालका निर्तमान अध्यक्ष तृष्णा आचार्यले स्थापना भएदिख सिएमआर नेपालले प्रगति गर्दै आएको धारणा व्यक्त गर्दै आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । आजै सिएमआर नेपालको सामाजिक लेखा परीक्षण पनि गरिएको थियो ।