२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एनएसजेएफले गर्‍यो खेलकुद पत्रकाद्वय राणा र थापालाई सम्मान

एनएसजेएफले गर्‍यो खेलकुद पत्रकाद्वय राणा र थापालाई सम्मान
अ अ+ अ-

काठमाडौं । खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्जय थापालाई सम्मान गरेको छ । 

नक्सालस्थित होटल क्राउन प्लाजामा आफ्नो १६औं साधारणसभाको अवसरमा मञ्चले अग्रज पत्रकारमा अजय राणा र अनुजमा नागरिक दैनिकमा खेलकुद पत्रकारिता गर्ने  सञ्जय थापालाई सम्मान गरेको हो । राणा एनएसजेएफ खेल पत्रकारिता र थापा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

मञ्चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका आयोजना गर्ने सम्मानअन्तर्गत राणा र थापालाई सम्मानित गरेको हो ।

दुवैलाई युवा तथा खेलकुदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दोसल्ला र ताम्रपत्र ओडाएर सम्मान गर्नुभएको छ । वरिष्ठ पत्रकार राणा २५ हजार नगदबाट सम्मानित हुँदा युवा पत्रकार थापालाई सम्मानबापत ल्यापटप प्रदान गरिएको थियो । युवा पत्रकार सम्मानको पुरस्कार खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय छाता संगठन एआइपिएस एसियाले रकम उपलब्ध गराएको हो । मंगलबार नै मञ्चले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलाई स्वागत तथा बधाईसमेत दिएको छ ।

साथै मञ्चले महासंघका एसोसिएट सचिवमा निर्वाचित मञ्चका पूर्वप्रवक्ता पवन आचार्य तथा एसोसिएट केन्द्रीय सदस्यमा निर्वाचितद्वय विकास कार्की र कृति भट्टराईलाई सम्मान समेत गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीले महासंघका नवनिर्वाचित नेतृत्वलाई स्वागत तथा एसोसिएटलाई सम्मान गर्नुभयो । मञ्चले आफ्नो साधारणसभाबाट विधानका विभिन्न बुधाहरू संशोधन गर्दा प्रादेशिक संरचनामा जानका लागि कार्यदलसमेत गठन गरेको छ ।