१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

जब दुईजना वडाध्यक्ष एकैसाथ गोदावरी खोलामा उत्रिए…

जब दुईजना वडाध्यक्ष एकैसाथ गोदावरी खोलामा उत्रिए…
अ अ+ अ-

ललितपुर । काठमाण्डौ र भक्तपुरको सीमाना जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ र ७ का अध्यक्ष ललितपुरको उत्तर पुर्व हुँदै बग्ने गोदावरी खोलाको किनारमा निर्माण गर्न लागिएको करिडोरको लागि एकैसाथ गोदावरी खोलामा उत्रिएका छन् ।

हाल बगिरहेको गोदावरी खोलाको सीमानालाई आधार मानी त्यसको दायाँबायाँ १०/१० मिटर चौडाईको करिडोर बनाउन वडा नं ५ का अध्यक्ष अधिवक्ता कपिल केसी र वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन बुधबार गोदावरी खोलामा उत्रिएका हुन् ।

दुबै वडाध्यक्षहरु आआफ्नो वडाका अरु जनप्रतिनिधि र स्थानीय वासिन्दासंग छलफल गरि करिडोर निर्माण कार्य तत्काल अघि बढाउनका लागि वडाध्यक्षद्वय खोलामा उत्रेका थिए ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष अधिवक्ता कपिल केसीका अनुसार भक्तपुर जिल्लाको बालकोट र ललितपुरको टिकाथली जोड्ने गोदावरी पुलको दक्षिणतर्फ हुँदै टिकाथलीदेखि लुभु पुलसम्म गोदावरी करिडोर निर्माण गर्न लागिएको हो ।

सो करिडोर निर्माण भएपछि १० मिनेटमै भक्तपुरको कौशलटारबाट गोदावरी खोलाको किनारै किनार लुभुसम्म पुग्नसकिन्छ ।
सो करिडोर निर्माणको लागि संघिय सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको नाउँमा चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

तिहार लगत्तैदेखि गोदावरी खोलाको दायाँबायाँ (दुबै वडातर्फ) एकैसाथ करिडोर निर्माणको काम शुरु गर्न लागत इस्टिमेट तयार गर्न र सरकारद्वारा विनियोजित बजेट निकासका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिसंग तत्काल पहल गरिने वडाध्यक्ष केसीले बताए ।
सरकारी मापदण्ड अनुसार हाल बगिरहेको गोदावरी खोलाको सीमानालाई आधार मानेर करिडोर निर्माण गर्दा १०/१० मिटर चौडा क्षेत्रफल भित्र पर्ने जुनसुकै अस्थायी या स्थायी संरचना भत्काउने र अन्य विवाद भएमा दुवै वडाका जनप्रतिनिधिले मिलाउने पनि वडाध्यक्ष केसीले बताए ।

अध्यक्ष केसीका अनुसार करिडोर निर्माण भएर कुनै ठाउँमा पर्ति या सार्वजनिक जग्गा बाँकी रहेमा सो ठाउँमा वडा कार्यालयले सार्वजनिक पार्क बनाउन सक्नेछ ।

करिडोर निर्माणको छलफल कार्यक्रममा वडा नं ५ का वडा सदस्य निरोज महर्जन र वडा नं ७ का सलस्य विराट सिलवालको साथै दुवै वडाका वासिन्दा र प्राविधिक समेतको सहभागिता थियो ।