९ पुष २०८१, मंगलवार
,
Latest
फुल्चोकीमा हराएका १३ जनालाई आफन्तको जिम्मा लगाईयो दसैंमा नै बुवा-आमालाई मार्न खोजेको मिलनको बयान स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको भन्दै महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना… रेसुंगा १४ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु नेप्से परिसूचक १४ अङ्कले बढ्यो दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण म्यानमारबाट पाँच नेपालीको उद्धार स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या हुँदैनः स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश महिनामा आठ लाख पर्यटक 



अ+ अ-
काठमाडौँ:  सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।
अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।रासस