१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमद्वारा नेपाली क्रिकेटरको हौसला बढाउन आकर्षक पुरस्कार घोषणा



अ+ अ-

काठमाण्डौं । डिशहोम नेटवर्कले आइसिसी मेन्स टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ ।

डिशहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो ।

मुलपानी र कीर्तिपुरमा एसियाका ८ टिमहरुबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन् । सेमिफाइलन जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आइसिसी मेन्स टी–२० विश्वकप कप खेल्नेछन् ।

नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनलमा जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउने छ । डिशहोमले उक्त खेलमा शकतसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ ।

यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।