२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नयाँ वर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह दिने विश्वास छः मुख्यमन्त्री पौडेल

नयाँ वर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह दिने विश्वास छः मुख्यमन्त्री पौडेल
file
अ अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको उल्लेख गर्नुभएको छ ।

“नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ । सन्देशमा उहाँले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको उल्लेख गर्नुभएको छ । 

“नयाँ संरचनाका अनेकौँ चुनौती सामना गर्दै यहाँसम्म आइपुग्दा केही उल्लेखनीय परिवर्तनहरु भएका छन् । विशेषगरी समाजका सबैभन्दा पछि रहेका वर्ग एवं समुदायको सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ । यसबीचमा उत्पादन एवं रोजगारी सिर्जना, कृषि,  पर्यटन, उद्योग, यातायात, शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण परिवर्तनको बलियो आधार तय गरिएको छ । त्यसो त प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित छन् । हामी सबैको इमान्दार प्रयास, मेहनत र प्रतिबद्धताबाट समृद्ध नेपालको सपनालाई यथार्थतामा बदल्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।