२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै एक खेल पनि नहारी विश्वकप जित्ने देश



२००३ को विश्वकप विजेता अष्ट्रेलिया टोली
अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा ४८ खेलमध्ये ३१ खेलहरु सम्पन्न भइसकेका छन् । १० टोली सहभागी यस विश्वकपमा अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनका लागि टोलीहरु प्रतिस्पर्धामा छन् ।

यद्यपि, बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ । भारत ६ खेलमध्ये सबै खेल जितेर अंकतालिकाको शीर्षस्थानमा छ । विश्वकप इतिहासमै एक खेल पनि नहारी उपाधि जित्ने टोलीबारे जान्नका लागि जोकोही क्रिकेट फ्यान उत्सुक हुने गर्छन् ।

सन् १९७५ देखि लिएर २०१९ सम्म आईपुग्दा केबल ६ राष्ट्रले मात्र विश्वकप जित्न सफल भएका छन् । ती पाँच राष्ट्रहरु वेस्ट इन्डिज, अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका र इंग्ल्याण्ड हुन् । विश्वकपको पहिलो संस्करणदेखि लिएर २०१९ सम्म केबल दुई टोलीले प्रतियोगितामा एक खेल पनि नहारी उपाधि जितेका छन् ।

यो उपलब्धी विश्वकप जित्ने ६ टोलीमध्ये वेस्ट इन्डिज र अष्ट्रेलियाले हासिल गरेका छन् । सन् १९७५ मा क्लाइभ लयडको कप्तानीमा वेस्ट इन्डिजले पहिलो संस्करणमा प्रतियोगिताको सबै ५ खेलहरु जितेर च्याम्पियन बनेको थियो । यस्तै, सन् १९७९ मा वेस्ट इन्डिजले आफ्नो जीतलाई कायम राख्दै उपाधि जितेको थियो ।

सन् २००३ मा रिकि पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले विश्वकपका सबै ११ खेलहरु जितेको थियो । यस्तै, २००७ मा पोन्टिङकै कप्तानीमा अष्ट्रेलियाले पुनः ११ खेलहरु जितेर च्याम्पियन बनेको थियो ।